डलरको खेती स्वदेशमै गर्न सकिन्छ तर........
केशब काफ्ले
डलर अन्तराष्ट्रिय व्यापारीक मुद्रा पनि हो । विश्वमा जुन देश संग जति धेरै यस मुद्रँको भण्डारण हुन्छ,त्यस देशको अर्थ व्यवस्था त्यति नै बलीयो रहेको बुझिन्छ । तर यो डलर माटो मुनी आलु पिडालु झै फल्दैन । आ“प कटहर झैं रुखमा झुण्डीर पनि फल्दैन । फेरी पनि डलको खेती हुन्छ र खेती गर्नु पर्छ । उत्पादन गर्नु भनेको खेती गर्नु जस्तै हो । जस्तै किसानले बालीको उत्पादन गर्छ । धान उत्पादन, गहु“ उत्पादन, तोरी उत्पादन अर्को तर्फ उद्यमीहरुले यान्त्रिक उपकरणको उत्पादन गर्छन । जस्तै सियो देखि लिएर विमानको उत्पादन विद्युतको उत्पादन, अबप्रश्न उठन सक्छ कि के हामी नेपालीहरुले पनि डलरको खेती गर्न सक्छौं त ? के हामी संग डलरको खेती योग्य भुमी छ त ? उत्तर हो अवश्य पनि यदी ईमान्दारीता पूर्वक लागि पर्ने हो भने देखि भर पुर मात्रामा डलरको उत्पादन गर्न सकिने उब्जाउ भुमी तयार मात्रामा छ । तर डलरको खेती गर्नका लागि उब्जाउ भुमीमा विजारोपण गर्न सक्ने मर्द व्यक्तिको भने अझै जन्म भएको रहेन छ नेपालमा यही दुख लाग्दो विषय बनेको छ । डलरको खेती गरेर माथी उल्लेख गरिएका वस्तु जस्तै गरी सिधै डलरको उत्पादन गर्न सकिदैन । तर उल्लेखित बस्तुहरुको भर पुर उत्पादन गरेर उत्पादीत वस्तुलाई डलरको रुपमा रुपान्तरीत गर्न गाह्रो साह्रो पर्दैन । उत्पादीत वस्तुको जती धेरै मात्रामा निर्यात गर्न सकिन्छ , उति नै धेरै डलर भित्राउन सकिन्छ ।यसरी हुन्छ स्वदेश मै डलरको खेती । अरबीयन देशहरुमा डलरका कुवा छन भने हाम्रो देशमा डलरका नदीहरु छन । तर हाम्रँे देशले यस प्रकृतिको बरदानलाई वैज्ञानीक विधिद्धारा डलरको रुपमा रुपान्तरण गर्न सकिरहेको छैन । अरबीयन देशहरुले कुवालाई डलरमा रुपान्तरण गर्न सक्छन ,तर हामीहरुले बगिरहेको नदीलाई डलर उत्पादन गर्ने श्रोतको रुपमा रुपान्तरण गर्न सकेका छैनौं । हाम्रँे देश नेपालले यदी पानीको मात्रै खेती गरेर पानीलाई विद्युतमा रुपान्तरण गर्न सके त्यसैका माध्यम बाट करोडौं डलर भित्राउन सकिन्छ । यद्यपि डलर भित्राउने अन्य क्ष्ँेत्र पनि छन, नेपाल संग डलरको उत्पादन गर्न सक्ने श्रोत हुदा हुदै पनि नेपालका जनता रोग,सोक र भोकले पिडित छन । हामीसंग ८३ हजार मेघावाट विद्युत उत्पादन गर्न पूग्ने जलश्रोत छ भन्दै भाषण गर्ने नेताहरुको निद अझै खुल्न सकेको छैन । आजको मिति सम्म आईपुग्दा नेपालमा कुल उत्पादन क्षमताको १ प्रतिशत सम्म पनि विद्युत उत्पादन हुन सकेको छैन । के यो देशका लागि लाजु मुर्न अवस्था होईन र ? गोठ भरी लैना भैंसी बाधेर दुध दुहुने बाल्टीको अभावमा दुध खान नपाएको जस्तै छ नेपालमा अवस्था । घर भित्र बास्मती चामलको भण्डार हुदा हुदै पनि पकाएर खाने भा“डाको अभावमा भोकै बस्न पर्ने अवस्था जस्तै छ नेपालमा । यदी नेपालमा कुल क्ष्ँमताको २० प्रतिशत मात्रै विद्युत उत्पादन गर्न सकिन्छ भने पनि १६ हजार ६ सय मेघावाट विद्युतको उत्पादन हुन्छ । र नेपालमा वर्तमान समयमा १५ सय मेघावाट विद्युत भए फालाफाल पुग्छ । बा“किको १५ हजार १ सय मेघावाट विद्युत अन्य देशलाई निर्यात गर्न सकिन्छ । यो कुरा मात्रै २० प्रतिशत विद्युत उत्पादन को हो । क्षमता अनुसार पूर्ण उत्पादन गर्न सके के के गर्न सकिएला ? अन्दाज गर्न गाह्रो छैन ।
नेपालले भारत संग वर्षेनि करोडौंको विद्युत आयात गर्दै आएको छ । आपसी सहयोग र समझदारीका कारणले मात्रै भारतले विद्युत दिने गरेको छ । भारतमा विद्युत फालाफाल भएर होईन । भारत आफै पनि विद्युत अपुगको विडाबाट पिडित छ । भारतका कयौ राज्यहरुमा अहिले पनि ४ देखि ८ घण्टा सम्मको विद्युत कटौती हुदै आएको छ । यो अवस्था अहिलेको हो । र्गिर्म बढनु सगै विद्युत कटौती बढदै जान्छ । नेपालले विद्युत उत्पादन गर्न सकेका खण्डमा भारत मात्रै होईन कि अन्य सार्क राष्ट्रहरुलाइ पनि विद्युत निर्यात गर्न सकिन्छ । आफुलाई अति आवश्यक पर्ने वस्तु सुन,चादी,डलर जे भन्यो त्यही दिएर पनि नकिनी साध्य हुदैन । यसरी हुन सक्छ नेपालमा डलरको खेती । तर त्यस्तो अवस्थालाई अझै कति दशक पर्खिनु पर्ने हो यो अझै पनि भविष्यमै लुकेको विषय हो । विद्युतको उत्पादनले औद्योगिक उत्पादन बढछ । कृषि उत्पादन बढछ, उत्पादीत वस्तुको निर्यात हुन्छ, नेपालमा उत्पादीत बस्तुहरुको विदेशमा रामै्र माग छ । विदेशी लगानि कर्ताहरु आकर्षित हुन्छन । यस प्रकार डलरको वर्षा हुन सक्छ नेपालमा । तर अर्चन यही तरमा लुकेको छ । हालैमा नेपाल सरकारले पेट्रोलीयम पदार्थको मूल्य वृद्धि गरेको छ । हाम्रँे देशमा पेट्रोलीयम पदार्थ पाईदैन । नेपालमा पेट्रोलीयम पदार्थ छ अथवा छैन भन्ने पनि खोजी हुन सकेको छैन । वर्षेनि अरबौं रुपयाको पेट्रोलीयम पदार्थको आयात गर्न पर्दछ । अब पेट्रोलीयम पदार्थको सहज र उपयुक्त विकल्प विद्युत बाहेक अरु के नै हुन सक्छ र ? जसको सम्भावना नेपालमा प्रचुर मात्रामा छ । र यदी देशका नेतामा ईमान्दारी र ईच्छा शक्ति हुन्छ भने, हाम्रँे देशमा डलरको आदृष्य रुपमा बगिरहेका नदी नालालाई डलरमा रुपान्तरण गर्न साह्रै कठिन छैन ।
देशको उत्पादन शक्तिमा वृद्धि गर्नका लागि विद्युतीय उर्जा अनिवार्य सर्त हो । जसको प्रयाप्त विकल्प नेपालमा प्राप्त छ । तर नेपालले आफु संग उपलब्ध श्रोतको वैज्ञानिक विधिद्धारा शक्तिको रुपमा परिवर्तन गर्न सकिरहेको छैन । देशको बेरोजगारीलाइ पनि विद्युतको सरलीकरणले निम्न गर्दै लान्छ यसमा कुनै शंका छैन ।
नेपाल सरकार तथा राजनितिक दलका नेताहरुले इमान्दारीता पूर्वक उर्जा क्षेत्रलाई प्राथमीकता दिएका खण्डमा कार्य असम्भव छैन । जहा“तक लगानीको प्रश्न छ , एक वर्षको मात्रै बैदेशीक सहयोग आखा चिम्लेर विद्युत उत्पादनमा लगानी गर्ने हो भने त्यसैले मात्रै ५ यस मेघावाट विद्युत उत्पादन गर्न सकिन्छ । संसारले जोरलाई मान्छ कमजोरलाई मान्दैन । पाकिस्तानका तत्कालीन राष्ट्रपति जुल्फिकार अलि भुट्टो ले भनेका थिए कि हामीलाई चाहे २,४ वर्ष घासको राटी खाएर बस्न परोस त्यो मन्जुर छ, तर भारत भएर कमजोर भएर बस्न मन्जुर छैन । आज पाकिस्तान अर्थ व्यवस्थामा भारत भन्दा केही कमजोर रहे पनि सैनिक तथा सामरीक दृष्टीले भारतको बराबरीमा उभिएको छ । भारतका तत्कालीन प्रधानमन्त्री लालबहादुर शास्त्रिले जय जवान जय किसान नाराका साथ भारतलाई उन्नतीको बाटो देखाएका थिए । आखिरी नेपालमा कहिले जन्म लिन्छन त लालबहादुर शास्त्रि र जुल्फिकार अलि भुट्टो जस्ता नेताले ।