
केशब काफ्ले
अन्त्त मानवताको मृत्यु भएको छ । माओवादीद्धारा सञ्चालित तथाकथित जनयुद्ध, जनयुद्धमा बलिचढाईएका कलकलाउं“दा किसोर किसोरीहरुको पनि बास्तमा अब आएर मृत्यु भएको छ । न्यायको पर्खाइमा बसेका बुढा बाबुआमाहरुको पनि अब हार भएको छ । न्यायको पर्खाइमा बसेका टुहुराटुहुरीहरुको पनि न्यायीक हार भएको छ । त्यतीमात्र होईन स्व्म न्यायको पनि हार भएको छ । किन कि देशका ३ वटै माउपार्टीहरुको मिलीभगतमा आम माफिको अवधारणा सहित गम्भीर घटनाका दोषिहरुलाई पनि माफि दिन मिल्ने खालको एउटा सत्य निरुपण तथा मेलमिलाप आयोग नामाकरण गरिएको विद्येयक संसदमा दर्ता गराईएको छ । यस मायनामा आफुलाई अब्बल नम्बर प्रजातन्त्रिक पार्टी मान्ने नेपाली कांग्रेस तथा आफूलाई सुधार मुखी प्रजातान्त्रिक पार्टी ठान्ने नेकपा एमाले पनि हार मान्नु पर्ने भएको छ । तर आफूहरुलाई अब्बल नम्बर क्रान्तिकारी ठान्ने माओवादीहरुको भने आंशिक रुपमा जित भएको छ । उनिहरुले जे चाहान्थे त्यही भएको छ । तर माओवादीहरुको यो जित गोडा मुते न्यानो जस्तै हुने छ । माओवादीको यस हठपूर्वक जित हज्जारौं पिडितहरुको आ“सुले भिजेको छ । माओवादीको यस हठ जितले उसलाई राजनितिक दृष्टिले दिर्घकालीन न्यानो दिन सक्दैन । राजनितिमा अपराधिहरुको महत्वपूर्ण भूमिका भए पनि त्यस्त दुई चार हजार अपराधिहरु कै भरमा राजनीति पूर्ण हुन सक्दैन । त्यसैकारणले गर्दा माओवादीहरुको यो जित गोडा मुते न्यानो जस्तै क्ष्ँणीक सिद्ध हुने छ ।आफुहरुलाई माओवादी भन्दा अब्बल ठानेका कांग्रेस एमाले दुवैपार्टीले अन्तत माओवादी समक्ष आत्म समर्पण गरेका छन । समग्रमा यो लोकतन्त्र लोकतान्त्रिक पद्धति तथा देशमा प्रचलित न्याय व्यवस्थाको पनि हार भएको मान्न सकिन्छ । भन्दा अनर्थ नहोला । तर माओवादीहरुको अहिले तत्कालका लागि आंशीक रुपमा जित देखिए पनि यस जितले माओवादीहरुलाई भविष्यमा राजनितिक रुपमा भारी घाटा हुने निश्चित छ । किन कि माओवादी पार्टी तथा त्यही पार्टीका नेताहरुको हठधर्मिकताका कारणले गर्दा नै हामीहरु न्याय पाउनबाट बञ्चित भएका छौं भन्ने सन्देश पिडित जनता तथा उनका आफन्तका बीचमा प्रवाहित भएको छ । जो कि माओवादीहरुका लागि शुभ कदापि हुने छै्रन । देशका जनता तथा द्धन्द्ध पिडीतहरुले माओवादीको यस कुकृतलाई दशकौ सम्म विर्सने छैनन् । द्धन्द्ध पिडितहरुको सम्झनामा नै माओवादीहरुका लागि दाहसस्कार को समाग्री हुने छ । यसमा कुनै शंका मान्नुपर्ने छैन । दश वर्ष सम्म देशमा द्धन्द्ध मच्चाएर जनता पिडित पार्नुमा, हज्जारौ बाबुआमा, बुढाबढीलाई साहारा हिन गर्नुमा, हज्जारौ बाबुआमाले आफना कलकलाउं“दा बालबालिका गुमाउनुमा, हज्जारौ बालबालीकाले आफना बाबुआमा गुमाउनुमा, हज्जारौलाई बेपत्ता पारिनुमा हज्जारौलाई विस्थापित गरीनुमा, अन्तत पिडित पक्षलाइ न्याय नदीनुमा कारक तत्व माओवादी नै हो भन्ने कुरा राम्रो स“ंग बुझेका जनताले माओवादीको भविष्य कता लैजालान अनुमान गर्न गाह्रो छैन । अहिले पिडित जनता न्यायबाट बञ्चित हुनुमा पनि कारक तत्व माओवादीका नेताहरु नै बनेका छन् । त्यस कारण माओवादीहरुले अहिले सत्य निरुपण आयोग ससदमा दर्ता गराएर भएका आंशिक जित गोडा मुते न्यानो हुने छ । यो सत्य निरुपण तथा मेला मिलाप आयोग भनेको आफनो नामको अनुरुप मेलमिलाप गराउने बाटो हो । यसबाट पिडित पक्ष्ँले न्याय पाउ“दैनन् । यो पिडकलाई उन्मुक्ति दिने माध्यम हो । त्यस आयोगलाई अब कानुनी जामा पहिराउने कार्य सुरु भएको छ । यस सत्य निरुपणको मध्यमबाट पिडितले न्याय पाउ“दैनन् भन्ने सुनिश्चित छ । मेलमेमिलाप समाजको आवश्कयता भए पनि पिडित पर्ति न्याय भने हुन सक्दैन् । तर जबरजस्ती मेलमिलाप गराउ“दैमा द्धन्द्धका घाउ मेटिएर आपसी बैमनष्यता मेटीएर समाजमा शान्ति आउं“छ भन्न पनि सकिंदैन । पिडिकले आत्म गलामी गर्दैमा पिडितले न्याय पाएको ठहरींदैन । यहा“ निर के पनि प्रंष्ट भएको छ भने यस विषयमा माओवादीहरु मात्रै दोषि छैनन् । देशमा आफुहरुलाई ठूला प्रजातान्त्रिकवादी ठानेका कांग्रेस एमाले पनि उत्तिकै दोषि छन । यसको दुष परिणाम अन्तत उनिहरुले पनि भोग्नु पर्ने छ । माओवादीहरुको सरकार बनेमा न्याय पाइदैन भनेर ढुक्क भएका जनताले झिनो आशाका साथमा विकल्पको रुपमा कांग्रेस एमालेलाई चुनेका थिए । तर जनताको भरोसामा तुषारपात भएको छ । यिनी दुवै पार्टीहरुसं“ग जनताले दिएको प्रयाप्त शक्ति हु“दा हु“दै पनि पिडित जनतालाई न्याय दिन सकेनन् । यो विषय पिडित जनतलाई भन्दा उनी दुवै पार्टीहरुलाई घातक सिद्ध हुने छ । अब देशका जनताले विकल्पको रुपमा कुनै अन्य पार्टीलाई रोजने छन् न्यायको आशमा । त्यस्ता पार्टीहरुमा कमल थापा,चित्रबहादुर केसीहरुका पार्टी पनि पर्न सक्छन् । त्यस अवस्थामा देशको रुप कस्तो होला अहिले नै अनुमान गर्न सक्नु पर्छ । यहा“ निर एउटा कुरा के प्रष्ट भएको छ भने नेपाली कांग्रेस तथा नेकपा एमालेका नेता माओवादीहरुको प्रभावमा परेका छन् । आम माफीको धारणालाई अघी सारेर लागु नगर्दा आ“फुहरु पनि अफ्ठायारोमा पर्ने सम्भावनालाई मध्य नजर गरेर माओवादीको सामु भुकेका छन् जस्तो लाग्छ । तर द्धन्द्धको सृजना यीनी पार्टीहरुले गरेका होईनन् । सुरक्षा फौजले पनि द्धन्द्ध निम्त्याएको होइन । तर अवस्था अनुसार त्यतिबेला उनीहरुस“ग प्रतिकार गर्नुबाहेक अन्य विकल्प थिएन् । ‘आई लागेका माथी जाई लाग्नु ठूलो अपराध होईन’ । आत्म रक्षा गर्न पाउने अधिकार सबैस“ंग सुरक्ष्ँित हुन्छ । कारक तत्वसं“ग प्रतिकार गर्नु आम जनता, सरकार, सुरक्षा फौज सबैको दायित्व पनि बन्छ । त्यसकारण कारक तथा प्रतिकारकलाई एउटै तराजुमा जोख्न मिल्दैन । फेरी माओवादीको तथा कथित जनयुद्ध तत्कालीन सरकार र तत्कालीन व्यवस्थापप्रति मात्रै लक्षित थिएन् । आ“फुले सत्ता प्राप्त गर्ने माध्यमका रुपमा लडिएको युद्धलाई जनयुद्ध भनिएको हो । यदी सरकार र व्यवस्था प्रतिको लडा“इ भए देखि हज्जारौं निर्दोष किन मारिए ? सरकारी फौज मात्रै मारिनु पर्नेमा निर्दोष किन मारीए ? आज आफनो स्वार्थ पुरा भए पछि पिडितलाई न्याय दिन्नँै भन्ने कस्तो बेसर्मि ? प्रचण्ड, बाबुराम ,मोहन वैद्य आदिहरुको निजी स्वार्थ पूर्तिकालागि बलीका बोका बनेका किशोर किशोरीका बाबुआमाले माओवादी शान्ति प्रक्रियामा आए पछि न्यायको आशा गरेका थिए । तर आज सात आठ वर्ष पछि सत्य निरुपण तथा मेलमिलाप आयोग नामको धुलो उनीरुको आ“खामा झोंकिदै छ । यो मानवताको मात्रै मृत्यु होईन न्यायको पनि मृत्यु हो । तथाकथीत जनयुद्ध व्यवस्था परिवर्तन जनकल्याण जन उत्थानका लागि भन्दा पनि केही व्याक्तिहरुको महत्वकांक्षा पूर्तिका लागि लडिएको थियो भन्ने प्रमाणीत हु“दा समेतको अवस्थामा पिडितले न्याय नपाउनु भनेको सर्मनाक मात्रै हैन कि दुखदायी पनि हो । अब सत्य निरुपण तथा मेलमिलापद्धारा पिडितहरुलाई साम दाम दण्ड भेद अपनाउ“दै पिडकलाई माफी दिन विवस गरिने छ । यदि यस आयोगद्धारा गम्भीर प्रकृतिका घटनाका दोषिलाई दण्ड दिने प्रावधान हुन्छ भने केही गम्भीर घटनाका दोषिहरुलाई कार्वाही गर्न खोज्दा माओवादीका नेताहरुले अपराधि उनी हैनन् अपराधि हामी हौं खुबी भए हामीलाइ पक्र उनी हाम्रा कार्यकर्ता हुन उनले हाम्रो आदेशमा मान्छे मारेका हुन भन्दै कुर्लन पर्ने के थियो र ? केही दिन अघि एमाओवादी सुप्रिमो प्रचण्ड जीकि सुपुत्री ज्ञानु केसीको ४० वर्षको उमेरमा काल गतिले मृत्यु भएछ त्यति बेला प्रचण्ड जी निकै शोकाकुल तथा भावविहल देखिएका थिए । उनकी ४० वर्ष कि पुत्री जसले प्राय सांसारीक शुख भोग गरीसकेकी थिईन उनको मृत्यु हुं“दा जो पिडा प्रचण्ड जीलाई भयो के त्यही पिडा होईन र गोर्खा फुजेलका अधिकारी दम्पतीहरुको पनि ? न्यायका पर्खाईमा बसेका टुहुरा सन्तान, बेसाहारा बुढाबुढी, सिन्दुर पुछिएका दिदीबहीनी, आफन्तको पर्खाईमा बसेका अभिभावक, अंगभंग भएका अपाड्डहरु सबैले प्रचण्ड, बाबुराम, वैद्य आदिलाई कोसन बाहेक के नै गर्न सक्छन र ? यो सत्य निरुपणको नाटक मञ्चन गर्ने आवश्यकता नै छैन । सिधै संसदबाट बहुमतका साथ युद्धकालका सबै अपराधि मुक्त भनेर घोषणा गरीदिए हुन्छ । युद्धरत पक्षका सबै गम्भीर घटनाका दोषि आज माओवादीका कार्यकर्ता बनेका छन् । तिनै माओवादी कार्यकर्तालाई उनमुक्ति दिने उपक्रमको नाम हो सत्यनिरुपण तथा मेलमिलाप आयोग । अन्यथा कुन चाही पिडितले पिडकलाई क्षमा गर्न चाहान्छ र ? द्धन्द्धका बेलमाद्धन्द्धलाई ढालबनाएर निजी रन्जीसी पनि निकाल्ने गरीएको थियो । त्यस्ता व्यक्ति आज माओवादीका कर्मठ कार्यकर्तामा पर्दछन् । के तिनलाई सत्य निरुपणले दण्ड दिन्छ त ? अपराध गर्ने फेरी बच्नको लागि माओवादी बन्ने गरेका अपराधिलाई पहिचान गरेर दण्डीत गर्छ त सत्य निरुपणले ? निजी स्वार्थका लागिद्धन्द्धलाई बाहाना बनाएर गरिएका अपराधका अपराधीलाई खोज्छ त सत्य निरुपण आयोग ले ? आफन्त गुमाएका व्यक्तिका ह्दयमा सल्कींदै गरेको आगो सन्त पार्छ त सत्य निरुपणले ? यिनी सबै हेर्न बां“की नै छ । कांग्रेसका उपसभापति रामचन्द्र पौडेलको भनाईलेद्धन्द्ध पिडितहरुको ह्दय आहात पारेको छ । ‘प्रेममा र युद्धमा सबै जाहेज हुन्छ’ भन्ने पौडेलले आफना कति सन्तान गुमाएका छन ? यसको पनि लेखा जोखाराख्ने छन् जनताले भविष्यमा । सम्पत्ति हरणको पिडा र सन्तान हरणको पिडालाई एकै ठाउ“मा राखेर जोख्न मिल्छ र ? पौडेल जी त्यसकारण सत्य निरुपणद्धारा जां“च बुझ गर्ने नाटक गर्नै पर्दैन । अब न्याय म¥यो । मानवता म¥यो । भनेर पिडित ढुक्क भएका छन् । अब कुनै नाटकद्धारा द्धन्द्धको यादमा पिडितलाई रुवाउनु पर्ने आवश्यकता छैन् । न्याय नदिने सत्यको खोजीकार्यमा करोडौ खर्च गर्ने पर्ने आवश्यकता पनि छैन् । तर ध्यान राख्नुस नेता जी हो तपाईहरुले ईतिहासले क्ष्ँमा गर्ने छैन् ।