केशब काफ्ले

यो आकडा एकदम तल्लो तहको हो । अधिकतममा यो आकडा तीन गुण बढी पनि हुन सक्छ । त्यस हिसाबले प्रतिवर्ष ३ अर्ब जतिको तेल चोरी चुहावट हुन्छ । यसरी आयल निगम विक्ला कि एकदिन नेपाल नै नबिक्ला र ? एउटा ट्यांकर चालकका मासिक आम्दानी हवाईजहाजको पाईलटको मासिक आम्दानी भन्दा धेरै हुन्छ । यसमा शंका छैन । ट्यांकर चालकको नै यत्रो आम्दानी हुन्छ भने चोरका मुल नाईकेहरुको आम्दानी कति होला ? यस पंक्तिकारले केही समय तेलको क्षेत्रमा काम गरेको अनुभवको आधारमा यो आंकडा प्रस्तुत गरेको हो । हेक्का रहोस जुन जुन पेट्रोल पम्पका मालिकहरुस“ंग तेल ढुवानी गर्न आफना निजी ट्यांकर हु“दैनन् त्यस्ता पेट्रोल पम्पका मालिकहरुलाई १२ हजार लिटर पेट्रोल बेचेर सिध्याउ“दा सिधा सिधा १ लाख ४ हजार रुपया“को शुद्ध घाटा हुन्छ । त्यसकारण उनीहरु पनि सचेत रहन जरुरी हुन्छ ।हेक्का रहोस यहा“ पनि आ“कडा निम्न हो । हजार लिटर भन्दा माथिको चोरी आयल निगमका कर्मचारी चालक र ट्यांकर मालिकको मिलीभगत बिना हुने सक्दैन । जब कि एउटै ट्यांकरबाट ५ हजार लिटर सम्मको चोरी गर्ने गर्दछन । यद्यपि कहिले काही ट्यांकर मालिक र चालकको मिली भगतमा बन्दुक भन्ने प्रविधि प्रयोग गरेर आयल निगमका कर्मचारीलाई पनि धोका दिन सक्छन । तर स्टक मिलाउ“दा चोरी लुकाउन मिल्दैन । त्यसकारण मिली भगत गर्न जरुरी हुन्छ । ५हजार लिटर पेट्रोलको बजार मूल्य अहिले ६५ लाख बराबर हुन्छ । जबकि ५ हजार लिटर बराबरको चोरी एउटै ट्यांकरबाट मात्रै हुने गर्दछ । यदि आयल निगममा प्रतिदिन ५० ट्यांकर तेल अनलोड हुन्छ भने , एकदिन आयल निगम मात्रै विक्ला र ? नेपाल बा“की रहला र ? चोरी गर्ने अनेक तरिका छन जो यहा“ लेखी साध्य ह“ुदैन । तोप,बन्दुक,पट्टा कसी अनेक अनेक । चालक र सहचालकले मात्रै हजार लिटरसम्म चोरी गर्न सक्छन । जो कि सिधै पम्म मालिकलाई घाटा हो । तेल चोरीको पैसाबाट ७५ प्रतिशत चालकको, २५ प्रतिशत सहचालकको हुने गर्दछ । पाइप लाईनको सिल तोडन र जोडन चालक र सहचालक दुवै दक्ष्ँ हुन्छन । पेट्रोल पम्पका सबै मालिकहरुसंग आफ्ना ट्यांकर हुन्छन भने उनीहरुलाई मासिक लाखौ नाफा हुन्छ । यदि आयल निगममा तेल चोरी हु“दैन भने आयल निगमलाई वार्षिक २ अर्ब जति नाफा हुन्छ यसमा कुनै सन्देह छैन । यस्तो अवस्थामा पनि विद्यार्थी संगठनहरुले ठूलो अन्दोलन गर्न सकेका छैनन् । जनताले सरकार माथि ठूलो दबाब सृजना गर्न सकेका छैनन् । कहिले कहिले राम्रो उद्देश्य प्राप्तिका लागि नराम्रो बाटो अख्तियार पनि गर्नु पर्छ । एउटा कुखुरा मर्दा पनि सहिद घोषणा गर्नु पर्छ भन्दै माग गर्ने, चक्का जाम गर्ने विद्यार्थी संगठनहरु र नेताहरुको आव्हानमा सडक तताउने जनता आखिरी चुप किन छन । जन दबाब जरुरी छ । विद्यार्थी तात्न जरुरी छ । हेक्का रहोस यो चोरी जनघात मात्रै होईन सिधा सिधा राष्ट्र घात हो । यस पंक्तिकारले बारम्बार निजीकरणको पक्षमा कलम चलाउ“दै आएको छ । अब यस तेल चोरीको घटना पछि आयल निगमलाई तत्काल रुपमा निजी क्षेत्रलाई सुम्पिनु जरुरी देखिएको छ । अन्यथा यस्ता चोरहरुले एक दिन सम्पूर्ण नेपाललाई नै बेचेर खाने छन ।