केशब काफ्ले

पार्टीप्रति तथा पार्टीका नेताहरुप्रति बफादार व्यक्ति जनताप्रति पनि बफादार हुन्छ भन्ने केही ग्यारेण्टी ह“ुदैन् । जनसेवक हुनलाई जनमुखी हुनुपर्दछ । तर मन्त्री हुनलाई ठूला ठूला नेतामुखी हुनुपर्दछ । जनताको दःुख दर्द जान्न बुझ्नका लागि जनताको माझमा जानुपर्दछ । तर मन्त्री हुनका लागि नेताहरुको चापलुसी गरे पुगिहँल्छ । राधा जीको त गरिब वर्गस“ंग विषेश वैरभाव पनि रैछ कि क्याहो त्यसैकारणले गर्दा त उहा“ले गरिब वर्गको पहुं“मा हुने गरेका पुराना फट्फटे पंखा पनि बन्द गरिदिनु भएको छ । उहा“लाई चिन्ता पनि भएन किन कि उहा“लाई जनतास“ंग भोट माग्न जानै पर्दैन । जननिर्वाचित हुनैपर्दैन , जनअनुमोदित हुनै पर्दैन त्यसकारण उहा“लाई चिन्तै भएन जनताको । तर आज गरिब जनताले जननिर्वाचित नेता जनमुखी नेता गोकर्ण विष्टलाई विछोडमा परेका प्रेमी प्रेमीकाले एक अर्कालाई याद गरे झंै याद गरिरहेका छन् । तर उनले पाला बदलेर चापलुसि गर्न जानेनन् कि मानेनन् थाहा भएन् । हुन त विद्युत कटौतीको कारण विद्युतको अनउत्पादन मात्र पक्कै पनि हैन होला ? यसमा केही आन्तरीक रहस्य अवश्य नै हुनुपर्दछ । जनता मारेरै भए पनि वैकल्पिक उर्जा कम्पनीहरुलाई माला माल गर्न सके पार्टी फण्डमा चाहे भन्दा धेरै चन्दा आउने नै भयो । वैकल्पिक उर्जा कम्पनीहरु मालामाल जनता गर्मिले बेहाल के हो राधा जी यस्तो चाल ? जनताले पत्याएका जनताद्वारा निर्वाचित भएका आ“फूसं“ग पनि योग्यता भएका व्यक्तिले अवसर पाउ“दैनन् । अवसर पाउन ठूला नेताको सेवक हुनपर्दो रहेछ । यो कुरा गोकर्ण विष्टले किन बुझेनन् कुन्नि ? सम्भवत उनले आधुनिक प्रेमीप्रेमीकाहरुले झंै अवसर हेरेर चेन्ज हुन जानेन कि क्या हो ? आज जनता अन्धकारमा पसिना पुछ्दै रात विताउन बाध्य छन् । जनताले चाहेर नहु“दो रहेछ । जनताले अनुमोदित गरेर पनि हु“दो रहेनछ । जनताले योग्य व्यक्ति ठम्म्याएर पनि पुग्दो रहेनछ । जननिर्वाचत भएपछि पनि मन्त्री हुनका लागि पार्टीका ठूला तथा प्रभावशाली नेताको चाप्लुसी गर्न पर्दो रहेछ । ठूला नेताको चाप्लुसी गर्नं सके जनसेवक जनमुखी जननिर्वाचित केही पनि हुन पर्दो रहेन छ । चाप्लुसी गर्नैपर्छ भन्ने एउटा जिवन्त उदाहरण हालसालै बजारमा आएको छ । नेपालका वर्तमान गृहपति गौतम सरले काठमाडौका प्रहरी प्रमुख रमेश खरेल आफनो चापलुसीमा हाजिर भएनन् भनेर उनीसं“ग त“ त“ र म म गर्दैछन् । यो चापलुसी परम्पराको ताजा उदाहरण हो । उनको यो चाहनाले एकातिर गणतन्त्र नेपालको हा“सो उडाएको छ भने अर्कातिर राजतन्त्र तथा राणाकालको सम्झना ताजा गरेको छ । गौतम सरको यस चाहनाले नेपाली मानसीकता अपरिवर्तनीय छ भन्ने पनि पुष्टि गरेको छ । तर राधा जी गरिब जनताले तपाईको चापुलुसी कसरी गर्ने त्यो माध्यम बताईदिनुस यदि चापलुसी नै चाहेको हो भने ? कि कि यदि चापलुसीबीना नै ईच्छा हुन्छ भने विजुली कटौती हदै सम्म नियन्त्रण गर्न सकिन्छ भन्ने उदाहरण तपाईका पूर्व समकक्षी गोकर्ण विष्टले सिद्ध गरिसकेका छन् । हो तपाईले एमाले पार्टी तथा पार्टीका ठूला नेताको सेवा गरे बापत पुरस्कार पाउनुपर्छ तर तपाईको पुरस्कार जनताको आ“शुुको मूल्यमा भने लिन नमिल्न पर्ने हो । फेरि पनि जनताले आशा छोडेका छैनन् । विजुलीकी रानी राधा जीको ह्दय पग्लिन्छ कि भन्ने आशा गरेकै छन जनताले नेतामुखी मन्त्री जनतामुखी हु“दैन भन्ने मान्यतालाई तपाइले गलत सिद्ध गर्न सक्नुहुन्छ ? तर यदि तपाईसं“ग योग्यता र क्षमता छैन भने मन्त्री पद खाली गर्दा पनि फरक पर्दैन् । जनताबाट निर्वाचित भएर आएका क्षमतावान सभासदको कमी छैन् । मन्त्री पद खाली गर्दा पनि तपाईलाई खासै फरक पर्दैन् । तपाईस“ंग कमी कुनै कुराको छैन् । यति बेलासम्म त तपाईले पार्टीलाई दिएको आर्थिक सहयोगको पनि पूर्ति भैसक्यो होला ? यदि तपाई यस पदको योग्य तथा क्षमतावान हुनुहन्छ भने आफनो क्ष्ँमता र योग्यता प्रकट गर्नुस । अन्यथा तपाईले पद खाली गर्दा फरक पर्दैन् । विद्युत कटौतीको कारण जे भए पनि वैकल्पिक उर्जा कम्पनीहरुलाई मालामाल गर्नु भएकै छ । उनै कम्पनीहरुबाट पनि तपाई पुरस्कृत हुनुभएकै होला ? अब तपाईसं“ग जनताले खासै आशा गरेका पनि छैनन् । एमाले पार्टीबाट पनि जनताले अब आशा गर्ने ठाउ“ हराउ“दै गएको छ । किनकि यस पार्टीमा पनि पू“जीवाद र हैकमवाद तथा चापलुसवाद पूर्णरुपमा हावी भएको छ । जुन पार्टीमा तपाई जस्ता योग्यताहिन व्यक्तिले मन्त्री पद पाउ“छन् त्यस पार्टीप्रति जनताको मोह भड्डहु“दै जानु कुनै आश्चर्यको कुरा होईन ।